राष्ट्रिय बाल दिवसको अवसर पारी बाबु नानिहरुलाई वितरण




खोटाङ जिल्लाको रावाबेसी गाउ पलिका ६ पोखरी, चापखर्क गाँउ अन्तर्गत पर्ने श्रि पञ्चकन्या आधारभूत विधालयका समाज सेवि श्रि मोहन गुरुङ ज्यु र उहाको टिम साथै शिक्षक शिक्षिका ज्युहरुले धेरै मिहेनत र परिश्रम गरि आदरणीय मोहन ज्युकै अध्यक्षतामा विधयालको शिक्षा प्रणाली अझ गुणस्तरिय बनाएर हाल ८० + विधार्थिहरु माझ शिक्षाको ज्योति छरिराख्नु भएको छ। यो कामले हामीलाई पनि धेरै प्रेरणा मिलेको छ र उहाहरुको यस कामलाई उच्च सम्मान गर्दै हामी खोटाङे गुरुङ युवा समाज काठमाडौं ले Book And Educational Materials Donation Campaign बाट Fund Collection गरि हाम्रा ति साना साना भाइ बहिनिको उज्ज्वल भविष्यको कामना गर्दै कपि ७०० थान, पेन्सिल 840 थान, Sanitary pad १ कार्टुन साथै केहि थान पुस्तक मिती २०८१/५/५ गतेका दिन विधालयलाई हस्तान्तरण गरियो र मिती २०८१/५/२९ गतेका दिन राष्ट्रिय बाल दिवसको अवसर पारी बाबु नानिहरुलाई वितरण गरियो।

Leave a Reply